राजनीति
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
०

काठमाडौँ, असोज ५ –
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन भोलि मङ्गलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























