चितवन विशेष
युथ क्बल नारायणगढको पदहस्तान्तरणः नारायणी अनलाइन सम्मानित

चितवन,असोज ५-
युथ क्लब नारायणगढको २६ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । २६ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
सस्थाका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सामाजिक संघ सस्थाले गर्ने कामले सरकारलाई सहयोग गरेको बताउनुभयो । आफ्नो अमूल्य समय खर्च गरेर सामाजिक काममा लाग्ने जनशक्तिको अभाव भइराखेको समयमा युथ क्लबले गरेको काम प्रशंसनीय भएको बताउनुभयो । उहाले भन्नुभयो “शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा ५० औँ वर्षदेखि निरन्तर गरेको सामाजिक कार्य उदाहरणीय रहेको छ ।”
कार्यक्रममा सामाजिक संस्थाको तर्फबाट युवा समाज नेपालका उपाध्यक्ष सहदेव लकान्द्रीले सरकार नपुगेको ठाउँमा सामाजिक सस्थाले सेवा गर्दै आएको बताउनुभयो । उहाले भन्नुभयो, ५० वर्ष लामो इतिहास रहेको युथ क्लब नारायणगढको कामको चर्चा नगरे समाज सेवा अपुरो हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष कृष्ण आचार्यले विशुद्ध सामाजिक सेवा गरेर वस्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । यस्तो चुनौतीको अवस्थामा युथले गरेको कामलाई सरकारले सम्झनु पर्नेमा उहाँको जोड थियो । आचार्यले युवा शक्तिलाई अझ समाजिक कार्यमा लाग्ने गरी क्लबमा भित्राउनु पर्ने बताउनुभयो ।
यस्तै गरी सस्थाका पूर्व अध्यक्ष कल्याण जोशीले नयाँ कार्यक्रम ल्याएर भएपनि सस्थाले समाजिक कार्यमा लाग्नु पर्ने बताउनुभयो । उहाले विगतमा सस्थाले गरेको कामको स्मरण गर्नु भएको थियो । कार्यक्रममा सस्थाले विगत तीन वर्षमा गरेका विभिन्न कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो । डाक्टर ओमकृष्ण पाठक, विज्ञान पौडेल, नारायणी अनलाइन लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै गरी आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सस्थाका कार्यसमिति पदाधिकारी उपाध्यक्ष दयाराम कडेल, महासचिव रामचन्द्र आचार्य, कोषाध्यक्ष अनिता नेपाली, सदस्यहरु केशव पौडेल, केशवराज सापकोटा, शान्ति श्रेष्ठलगायतलाइ अध्यक्ष नेपालले मायाको चिनो वितरण गर्नु भएको थियो ।
निर्वाचन समितिका संयोजक तथा पूर्व अध्यक्ष केशवप्रसाद रेग्मीले नयाँ अध्यक्ष दयाराम कडेल सहितका नयाँ कार्यसमिति सपथ खुवाउनु भएको थियो । कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।

























