राजनीति
सचिवालय बैठकमा रवि लामिछानेले भने- पार्टी र सरकारबीचको सम्बन्ध बलियो बनाऔँ
०

काठमाडौं,असोज ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनै पक्षबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
‘पार्टी सभापतिज्यूले बैठकमा पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यी तीनवटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले भने ।यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि निर्देशनात्मक धारणा राखेको खरेलले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























