राजनीति

संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य

Banner

दाङ, असोज ३ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिनुभएको छ ।

संविधानका उपलब्धिको रक्षासँगै उहाँले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>