राजनीति
संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल
०

काठमाडौँ, असोज १ –
रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीकाअनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि प्रारम्भिक छलफल भइरहेको हो । सिंहदरबारस्थित शिक्षा समितिको हलमा सो छलफल जारी छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच आवश्यक परामर्श भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























