Breaking News
भोटेकोशी नदीमा आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता, (नामावली सहित)

चितवन, भदौ १९-
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, एक महिला सहित ११ जना बेपत्ता भएका हुन् । एक जनाको भने मृत्यु भएको छ । बाढीमा परी बेपत्ता भएका माडी नगरपालिका ७ देबेन्द्रपुरका इन्जिनियर विमल काफ्लेको शव कावासोतीमा फेला परेको थियो । उनको शव आफ्न्तले देवघाटमा अन्त्यष्टि गरिसकेका छन् ।
बेपत्ता हुनेमा १४ देखि ७० वर्ष उमेरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिउँसो साँझसम्म नाम टिपाएका मध्ये भरतपुर महानगरपालिकाका मात्रै पाँच जना बेपत्ता भएका छन् । यस्तै माडी नगरपालिकाका दुई, रत्ननगर नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र राप्ती नगरपालिकाका एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए ।
दुई बेपत्ता हुनेमा भरतपुर–५का ४० वर्षिय महेश नेपाली, भरतपुर–१६का ४० बर्षिय विकाश बाबु अधिकारी, भरतपुर–१६का ४१ बर्षिय केशवराज चालिसे, भरतपुर–५का २३ वर्षिय सुगम सिलवाल र भरतपुर–७का ३६ बर्षिय बिक्रम उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवले जानकारी दिए ।
माडी नगरपालिका–६का ७० बर्षिय कृष्णराज अर्याल, माडी नगरपालिका–८ की ३५ वर्षिया सुमित्रा भण्डारी थापा, रत्ननगर नगरपालिका–२का ४६ वर्षिया अर्जुन कान्त थपलिया, रत्ननगर–१२का १४ वर्षिय गेहित सुनार, खैरहनी नगरपालिका ६ पर्साका ३१ वर्षिय रिकेश कुमार श्रेष्ठ र राप्ती नगरपालिका–८ खुरखुरेका योगबहादुर खड्का रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएको भन्दै परिवारले प्रहरीकहाँ नाम टिपाएका छन् ।

























