देश/प्रदेश

१८ अस्थायी स्थलबाट नागरिकले आश्रय र राहत पाइरहेका छन्: प्रधानमन्त्री

Banner

काठमाडौँ, भदौ १७-

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि १८ अस्थायी स्थलबाट नागरिकले आश्रय र राहत पाइरहेको बतटाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछि१८ अस्थायी स्थलबाट नागरिकले आश्रय र राहत पाइरहेको बताएक हुन् ।

बाढीपछि १८ वटा अस्थायी आश्रयस्थलमा २ हजार २८१ जना प्रभावित नागरिकले आश्रय तथा राहत पाइरहेको प्रधानमन्त्री शाहले बताए। रसुवाका प्रभावित नागरिकका लागि नुवाकोटमा समेत आश्रय तथा राहतको व्यवस्था गरिएको उनले जानकारी दिए।

घटना भएको दिन नै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको नेपाली सेनाको ब्यारेक तथा बैरेनी ब्यारेकमा राहत सामग्री राखी प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको शाहले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>