मकवानपुर

सानो उमेर, ठूलो सहयोगः नौ वर्षीय श्रीयांशले खुत्रुके फोरेर बाढीपीडितलाई गरे ४७ हजार सहयोग

Banner

हेटौँडा, भदौ १६ –

हेटौँडा उपमहानगरपालिका–५ का नौ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगमा खर्च गर्नुभएको छ ।

बाढीपहिरोबाट प्रभावित नागरिकको भिडियो देखेपछि श्रेष्ठले आफ्नो बचत पीडितको सहयोगमा प्रयोग गर्ने निष्कर्षमा पुग्नुभएको थियो ।

“मैले तीन वर्षदेखि खुत्रुकेमा पैसा जम्मा गरेको थिएँ । बाढीपहिरोबाट घरगोठ गुमाएका मानिसलाई यो पैसा दिन चाहन्छु”, श्रीयांशले भन्नुभयो, “सानोभन्दा सानो सहयोग पनि गर्न सकिन्छ, त्यही भएर खुत्रुके फुटाएको हुँ ।”

उहाँको इच्छाअनुसार परिवारको समेत सहयोग जोडेर रु ४७ हजार ५८० बराबरको सहयोग गरिएको उहाँका बुबा सिरञ्जी श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकममध्ये रु २० हजार ९७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने बाँकी रकमबाट भाँडाकुडालगायत राहत सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइएको छ । उनी स्थानीय बाल जागृति विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>