Breaking News

भोटेकोशी बाढीपछि बनेको तालको निगरानी गर्न दुई सिसी क्यामेरा जडान हुँदै

Banner

काठमाडौँ, भदौ १५ –

नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ । भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>