राजनीति
सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिनुहुँदै प्रधानमन्त्री शाह
०

काठमाडौँ, भदौ १५ –
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग क्रमशः छलफल गरिरहनुभएको छ ।
प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका मामिलामा ‘ब्रिफिङ’ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै हुनुहुन्छ । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ‘ब्रिफिङ’ लिनुहुने छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























