Breaking News
माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

भरतपुर, भदौ १४-
माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज सार्वजनिक सुनुवाई गरिएको छ । निकुञ्जभित्रको बैकल्पिक बाटोमा पिच गर्न वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० तयार गर्ने क्रममा आज सार्वजनिक सुनुवाई गरिएको हो ।
भरतपुर–२३ मा आयोजित कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधिसहित स्थानीय जनता र सरोकारवालाहरुको उपस्थिती थियो । सो क्रमममा उनीहरुले आ आफ्ना सुझावहरु राखेका थिए । यसअघि पटक पटक धोका भएको भन्दै स्थानीयले यसपटक जसरी पनि बाटो पिच हुनुपर्ने माग गरे । युनेस्कोले स्वीकृति नदिँदा अहिलेसम्म बाटो पिच हुन नसकेको भन्दै उनीहरुले फेरि पनि उहि नियती भोग्न नपरोस् भनि सचेत गराए ।
हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला ९बनकट्टा०–देउराली–नयाँ पुल–धुव्रघाट–जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रुपमा प्रस्ताव गरेको हो । यो मार्ग २०५५ सालअघि राप्ती खोलाको कसरामा पुल बन्नु भन्दा अगाडिसम्म माडी तथा ठोरी क्षेत्रका स्थानीयले प्रयोग गर्ने गर्थे । हाल कसरा पुलदेखि ध्रुव पोष्ट–देउराली–रिउ खोला ९बनकट्टासम्मको सडक प्रयोगमा छ । यसको लम्बाई कुल १०।३ किमी छ । प्रस्ताव गरिएको बैकल्पिक सडक खण्डको कुल लम्बाई ७।८१ किमी रहेको निर्देशनालयले जनाएको छ ।
निकुञ्जभित्र कालोपत्रे सडक बनाउन वातावरणीय प्रभाव मूल्यांकन ९इआईए० गर्ने क्रममा आज ९आइतबार० सार्वजनिक सुनुवाई गरिएको थियो । प्रस्तावित बैकल्पिक सडकमा कालोपत्रे गर्ने हो भने हाल प्रयोगमा रहेको सडकभन्दा २।८९ किमी दुरी कम पर्नेछ । बैकल्पिक सडकमा जनावरहरु आवतजावत गर्न मिल्ने गरी सात वटा ओभरपास बनाउनुपर्ने छ । त्यस्तै, राप्ती खोलामा ७९५ मिटर लामो पुल बनाउनुपर्ने छ । पुल छुट्टै आयोजना अन्तर्गत निर्माण हुने बताइएको छ ।
सडक मात्रै निर्माण गर्दा कुल ९० करोड सात लाख ९२ हजार १०० रुपैयाँ ९भ्याट र कन्टेनजेन्सीसहित० लागत लाग्ने अनुमान गरिएको छ । यसअनुसार प्रति किमी सडक लागत नौ करोड ८४ लाख ६४ हजार १५४ रुपैयाँ लाग्ने देखिन्छ ।
























