Breaking News
भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
०

काठमाडौँ, भदौ १४ –
विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।
“ सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ । रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पुयाउनु पनि उत्तिकै आवश्यक छ,” उहाँले भन्नुभयो ।
बितेका नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएकाले धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।
“हिमपहिरो खसेको ठाउँमा बनेको ताल र त्यसमा मिसिने खोल्साहरू पनि लगातारको वर्षाले भरिने र बग्ने हुँदा बेलाबेलामा बाढीको जोखिम बढेको हो,” उपाध्यायले भन्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























