राजनीति

उड्डयन प्राधिकरण र सुरक्षा निकायसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन हुने

Banner

काठमाडौं, भदौ १३-

सरकारले नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्ने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने भन्दै दुई निकायसँगको समन्वयमार्फत परिचालन गर्ने बताएका हुन् । शनिबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले उद्धारका लागि इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोक्ने उल्लेख गरे ।

भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै विदेशी उद्धार टोलीहरूलाई नागरिक उड्डयन प्राधिकरण र सुरक्षा संयन्त्रसँगको समन्वयमा अनुमति प्रक्रिया मिलाइएको उनले बताए । विनाशको स्तर भयानक रहेकाले उद्धार र राहतमा मात्रै नभएर पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा ठूलो सहायताको आवश्यक पर्ने उनले बताए । उद्धार तथा राहतको काम सकिए लगत्तै सरकार प्रभावित नागरिकहरूको पुनर्स्थापनामा केन्द्रित हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>