राजनीति
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत

चितवन, भदौ ९-
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री थापामगरको विश्वासको पक्षमा कुल ५७ मत परेको थियो ।
उनलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए । ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य रहेका छन् । नेपाली कम्यूनिष्ट पार्टीका २६, नेकपा एमालेका उपसभामुख सहित २५, राप्रपाका १२ सदस्य छन् । यस्तै नेपाली कांग्रेसका ३६, नेपाल मजुदर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी(हानेपा)का २ सदस्य छन् ।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका अन्य तीन पार्टी बैठकमा सहभागि समेत भएनन् । मंगलबार बागमती प्रदेश सभामा ५८ सांसद उपस्थिती रहेका छन् । त्यसमध्ये ५७ जनाले विश्वासको मत दिएको कार्यबहाक सभामुख अपसरा चापागाईले जानकारी दिइन् ।

























