राजनीति

घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छः रवि लामिछाने

Banner

काठमाडौं भदौ ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे घण्टीमा भोट हालेका मतदाताले प्रश्न गर्ने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर भएर काम गर्नुपर्ने बताएका छन्।

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष जग बलियो बनाउनमै केन्द्रित हुने भएकाले तत्काल सबै काम देखिन नसक्ने बताए।

‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन्। सय दिन पूरा भएपछि सरकारले अन्तरक्रिया गरेको छ। मन्त्रीहरू झन् सक्रिय हुनु भएको छ,’ उनले भने, ‘सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ।’

सरकारका कामबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्ने लामिछानेको भनाइ थियो। त्यसका लागि आफू स्वयं मधेश यात्रामा जान लागेको र पार्टीका अन्य नेताहरू पनि गाउँगाउँ पुग्ने उनले बताए। ‘अब म आफैँ मधेशतिर जाँदैछु। म मधेश यात्रामा जान्छु। अन्य साथीहरू गाउँगाउँ जानु हुनेछ। अब धमाधम जिल्ला अधिवेशन हुनेछन्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>