मनोरञ्जन

लण्डनमा तयार गरियो तीज गीत, सञ्जयको सिर्जना, सबिनाको अभिनय

Banner

लण्डन, भदौ ६-

नेपाली कला, भाषा र संस्कृतिको प्रवद्र्धन तथा विकासका लागि तयार गरिएको नयाँ सांगीतिक प्रस्तुति ‘लण्डन तीज’ सार्वजनिक भएको छ ।

लण्डनको परिवेशमा तीजको सांस्कृतिक भावलाई प्रस्तुत गरिएको गीतमा सञ्जय कँडेलको शब्द तथा निर्देशन र सबिना श्रेष्ठको अभिनय रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)यूकेको पहलमा तयार गरिएको भिडियोमा सबिना श्रेष्ठ मुख्य भूमिकामा देखिएकी छिन् ।

इनास यूकेकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्षसमेत रहेकी श्रेष्ठ यसअघि पनि विभिन्न नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन् ।

गीतको शब्द र निर्देशन सम्हालेका सञ्जय कँडेलले तीजको सांस्कृतिक पक्षलाई लण्डनको परिवेशसँग जोडेर प्रस्तुत गरेका छन्। सबिना श्रेष्ठको अभिनयले भिडियोको कथ्यलाई दृश्यात्मक रूपमा अघि बढाएको छ ।

गीतमा अञ्जना रिमालको स्वर र सुनिल राईको संगीत रहेको छ भने बिपिन ज्ञवालीले छायांकन गरेका छन् । भिडियोमा सञ्जय कँडेल, मञ्जु शाह, कृति श्रेष्ठ र निशा श्रेष्ठको समेत अभिनय रहेको छ ।

ग्लोबल पत्र मिडिया हाउसले बजारमा ल्याएको ‘लण्डन तीज’ आफ्नै युट्युब च्यानल ‘ग्लोबल पत्र’मार्फत सार्वजनिक गरिएको हो ।

लण्डनमा छायांकन गरिएको भिडियोमा तीजको सांस्कृतिक माहोलसँगै नेपाली मौलिकता र प्रवासी परिवेशलाई प्रस्तुत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>