Breaking News

प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

Banner

काठमाडौं, भदौ ५-

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ ।

प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर अफिसमा आधिकारीक खबर नआएको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे आधिकारीक जानकारी नआएको तर मिडियामार्फत थाहा पाएको जानकारी दिएको छ । सुरक्षा व्यवस्थाका सन्दर्भमा भने आफूहरुले आन्तरिक तयारी गरिरहेको प्रहरीको भनाइ छ ।

प्रधानमन्त्री बालेन यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यसूची रहेको बताइएपनि आधिकारिक पुष्टि छैन् । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुले भने प्रधानमन्त्रीको दैनिक कार्यतालिकाबारे जानकारी दिन असहज मान्ने र फोन समेत नउठाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>