राजनीति

प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल

Banner

विराटनगर, भदौ ४ –

कोशी प्रदेशसभामा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका तर्फबाट खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी र शोभा चेम्जोङले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक’ सदनमा पेस गर्नुभएको छ ।

सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा कुनै पनि सूचना प्राप्त नभएकाले विधेयक स्वीकृत भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभएको थियो ।

विधेयकको सम्बन्धमा मन्त्री तिम्सिनाले संविधानमा र मौलिक हकमा स्थापित अधिकारलाई सम्बन्धित ठाउँमा पु¥याउन विधेयकले मद्दत गर्ने बताउनुभयो ।

उहाँले कानुनबाट लक्षित समूह र वर्गले न्याय पाए पनि समाजमा व्यवहारिक रुपमा त्ससो हुन नसेको भन्दै विधेयकलाई त्यस्ता कार्यलाई सहजता दिने कुरामा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशको आजको शून्य समयको बैठकमा प्रदेशका सभा सदस्य हिमाल कार्की, गीतादेवी रेग्मी, गयानन्द मण्डल गनगाँई, शिलादीक्षित कार्की र सुनिता गुरुङले समसामयिक विषयमा बोल्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भदौ ५ गते दिउँसो १ः०० बजे बस्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>