राजनीति

नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छः हर्क साम्पाङ

Banner

काठमाण्डौँ, भदौ ३-

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेता भएपछि ताली र गाली स्वीकार गर्नुपर्ने बताएका छन्। बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे। उनले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको उल्लेख गरे।

उनले आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गरे।
‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो,’ साम्पाङले भने, ‘विदेशबाट आयात गर्नुपर्ने वस्तुहरूको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ।’

मल खरिदका लागि किसानले जग्गाको लालपूर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताए। वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उनको तर्क छ। यसतै, गृहमन्त्री सुधन गुरुङको व्यवहारबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले जिम्मेवार व्यक्तिले संयमित हुनुपर्ने बताए। ‘म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन,’ साम्पाङले भने, ‘नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ।’ उनले सबै दलका समर्थकलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>