राजनीति

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन दलबीच छबुँदे सहमति

Banner

कर्णाली, भदौ ३ –

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छबुँदे सहमति भएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो ।

त्यस्तै, आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमालेले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएको निर्णय कार्यान्वयन गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने, आव २०८३र०८४ को बजेट पारित गर्दा प्रदेशसभाका दलहरूबीच भएको सहमतिबमोजिम कार्यान्वयन गर्ने, रु ३० लाखभन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्ययिता हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जिसीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>