मनोरञ्जन

भारतीय अभिनेत्री अनन्या राजको निधन

Banner

मुम्बई, भदौ १  –

भारतीय अभिनेत्री अनन्या राजको निधन भएको छ । २७ वर्षिया अनन्या सुतिरहेको अवस्थामा घरमै मृत भेटिएकी हुन् । ‘७ आवर्स टु गो’, ‘द फाइनल एक्जिट’ र ‘घोस्ट’ जस्ता फिल्ममा अभिनय गरेर चर्चा कमाएकी अनन्याका परिवारले उनको मृत्युको जानकारी दिएको हो ।

उनको परिवारले अनन्याकै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अत्यन्तै दुःखका साथ हामी यो जानकारी गराउँदछौँ कि जुलाई १५ को बिहान अनन्याको निधन भयो । उनी निद्रामै हामीबाट बिदा भइन्। उनी विगत एक वर्षदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन्।’

उनी विगत एक वर्षभन्दा बढी समयदेखि गम्भीर शारीरिक र मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । मुम्बईमा हुर्किएकी अनन्याले हिन्दी फिल्मका अलवा क्षेत्रीय सिनेमा र म्युजिक भिडियोहरूमा पनि काम गरेकी छिन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>