देश/प्रदेश

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

Banner

काठमाडौँ, भदौ १-

सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन मितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>