राजनीति

गगन थापालाई कृष्ण सिटौलाको सुझावः गल्ती सच्याउने अवसर अझै छ, नत्र हठले पतन गराउँछ

Banner

काठमाडौँ, साउन २९-

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई आफ्नो गल्ती सच्याउन सुझाव दिएका छन्। काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सिटौलाले हठका कारण इतिहासमा ठूलाठूला शासकहरूको पतन भएको स्मरण गराउँदै थापालाई नसच्चिए पतन निश्चित रहेको चेतावनी दिए।

नेता सिटौलाले गगन थापालाई लक्षित गर्दै भने, ‘मानिसको जीवनमा गल्ती हुन्छ, तर त्यसलाई सच्याउन सक्नुपर्छ। दुनियाँमा ठूलाठूला शासकहरू आफूले गरेको गल्ती नसच्याउने हठका कारण पतन भएका छन्। गगनजी, सच्याउने अवसर अझै तपाईँलाई छ।’ उनले विधि र प्रक्रिया मिचेर अघि बढ्दा पार्टी र स्वयं व्यक्तिलाई पनि घाटा हुने तर्क गरे।

विशेष महाधिवेशनको वैधानिकताका सम्बन्धमा सिटौलाले संवैधानिक निकायहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाए । ‘विधि र प्रक्रिया नपुर्‍याई विशेष महाधिवेशन गरेको कागज बोकेर गगन थापाहरू निर्वाचन आयोग पुगेपछि सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई सोध्दै नसोधी आयुक्तहरूले बहुमतका आधारमा निर्णय गरिदिनुभयो,’ सिटौलाले भने, ‘यो कसैको लहडमा गरिएको निर्णय जस्तो देखियो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>