Breaking News

मोदीखोलामा बाढीः रोप रेस्क्युको विधिबाट मन्दिरमा फसेका तीनजनाको सकुशल उद्धार

Banner

कास्की, साउन २९-

कास्कीको मोदीखोलामा बाढी आउँदा तीनजनाको सकुशल उद्धार गरिएको छ । मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमाफसेका तीनजनाको सकुशल उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपालको रोप रेस्क्यु तथा गोताखोरसहितको उद्धार टोलीले रोप रेस्क्युको विधिबाट ७ः५५ देखि ०८ः१५ बजेसम्मको समयमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार गरिएका व्यक्तिहरूमा कास्कीकै पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, अन्नपूर्ण–८ स्थित वीरेठाँटी माविका शिक्षक सर्लाहीका ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय भारतीय नागरिक निर्माण गिरी छन् ।

उनीहरु अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना नयाँ पुल–वीरेठाँटी जाने सडकखण्डछेउमा मन्दिर आवतजावत गर्ने दुई पुल बाढीले बगाएपछि फसेका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>