Breaking News
जेएन थपलियालाई एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता
०

हेटौंडा, साउन २७-
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।
स्रोतका अनुसार एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको छ, सोही अनुसार आज प्रस्ताव दर्ता गरिएको हो,’ एक नेता भन्छन् ।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि अविश्वासको प्रस्ताव प्रक्रियामा गएको पुष्टि गरे । ‘प्रक्रिया अगाडि बढेको बुझेको छु, थप विवरण मसँग आएको छैन,’ ढुंगेलले भने ।
थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको थियो । तर गुन्डुमा यसबारे छलफल हुँदा थपलिया बेहोस् भएपछि अविश्वासको प्रस्ताव प्रक्रियामा लगिएको थिएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























