राजनीति

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

Banner

काठमाडौँ, साउन २७ –

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताउनुभयो । उहाँले मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत छ भन्नुभयो ।

“हाम्रो लक्ष्य युवालाई रोजगार खोजिदिनु मात्रै होइन, युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नु हो,” मन्त्री यादवले भन्नुभयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले देशको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा रहेका र मुलुक पनि उहाँहरूकै नेतृत्वमा सञ्चालन भएको वास्तविकता सुनाउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले ६६ प्रतिशत युवा देश निर्माणका आधारस्तम्भ हुन् भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>