चितवन विशेष

ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थी, कर्मचारी, मजदुरलाई सहुलियतमा खाना

Banner

चितवन, साउन २७ –

चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।

त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले रु १५० मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई रु १०० मा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उहाँले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको उहाँले बताउनुभयो ।

अत्यावश्यक भएकालाई वडामा नाम टिपाउन भनिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासनले क्लष्टर बेसमा दैनिक ग्यास बिक्री गर्न लगाएको बताउनुभयो ।

दैनिक आठ हजार हाराहारी ग्यास समूह बेसमा बिक्री गरिएको छ । प्रशासनमा टोल फ्री नम्बरमा फोन गरेर ९९८ जनाले ग्यास लगिसकेका छन् भने क्लष्टर आउँदो शुक्रबार केन्द्रीय बसपार्कबाट समेत ग्यास बिक्री गर्न लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>