चितवन विशेष

एमाले महासचिव पोखरेलले वीर अस्पताल पुगेर थपलियाको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

Banner

चितवन,साउन २३-

नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार एमाले महासचिव पोखरेल, सचिव राजन भट्टराईसहितका नेताहरू वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

अस्पतालका चिकित्सकका अनुसार थपलियाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । नेताहरूले उनको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>