प्रदेश १

कोशीका मुख्यमन्त्री कार्की पनि ओलीलाई भेट्न गुण्डु जाँदै, राजीनामाबारे छलफल हुने

Banner

काठमाडौं, साउन २०-

कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पार्टीका नेताहरू एकमत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीका बीच बुधबार पुनः छलफल हुने भएको छ । ओलीनिवास गुण्डुमा दिउँसो १ बजे छलफल हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनी अहिले आन्तरिक बैठकमा छन् ।

मंगलबार पार्टी अध्यक्ष ओली र कोशीका अध्यक्ष घनश्याम खतिवडा तथा सचिव राजकुमार भण्डारीबीच मुख्यमन्त्री फेर्ने विषयमा छलफल भएको थियो । पदाधिकारीसँगको भेटघाटपछि मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए ।

अध्यक्ष ओलीसँगको भेटमा मुख्यमन्त्री कार्कीले पद छोड्न असहमति जनाएका थिए । उनले पार्टीको सचिवालयबाट निर्णय हुनुपर्ने वा पार्टीको निर्णय हुनुपर्ने बताएका थिए ।

एमाले अध्यक्ष ओलीले अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन् । यही विषयले प्रदेशमा नेपाली कांग्रेसँगको सत्ता सहकार्य टुटेको थियो ।

यसअघि एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै मुख्यमन्त्री कार्कीको राजीनामा मागेका थिए । मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि राईले मुख्यमन्त्रीबाट कार्कीलाई हटाउने विषयमा विराटनगरमा प्रदेश सांसदहरूसँग छलफल गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>