Breaking News
‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’ भन्दै नर्सहरुको प्रदर्शन
०

काठमाडौँ, १९ साउन –
अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् ।
उनीहरुले मंगलबार अस्पताल परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘हामीलाई सरकारमात्र होइन बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नर्सहरूको पारिश्रमिक तहअन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्नेलगायत माग लिएर नर्स रानाभाट गत साउन १४ गतेदेखि अनसनमा छिन् ।
नेपाल नर्सिङ काउन्सिलबाट अनसन सुरु गरेकी उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आइसीयूमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>













































