Breaking News

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन

Banner

काठमाडौँ, १८ साउन –

मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइती घरमा प्रदर्शन गरेका छन् ।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइती घरमा प्रदर्शन गरिएको हो ।

विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area