Breaking News
चितवनको भतेरी जंगलमा ट्रक अनियन्त्रित भई दुर्घटना, चालक घाइते

चितवन, साउन १८-
मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९, भतेरी डाँडामा आज बिहान कुरकुरे बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
आज करिब ११ः५५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ७१६ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो। दुर्घटनामा परी ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ बस्ने २७ वर्षीय अस्मिन राई घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा राईको अनुहार, हात र खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। घाइते चालकको हाल पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनाबाट ट्रकमा क्षति पुगेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रभुसन यादवले जानकारी दिए।



























