मनोरञ्जन

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

Banner

काठमाडौं, साउन १८ –

चलचित्र ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ ।

प्रदर्शनको तेस्रो आइतबार ९हिजो० सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ ।

डा.कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area