चितवन विशेष

आज ‘द एभरेष्ट टक शो’ को सातौँ शृङ्खला प्रसारण हुँदै

Banner

भरतपुर, (चितवन), साउन १६ –

शिक्षा, बाल्यकाल, व्यक्तित्व विकास तथा प्रेरणादायी जीवनयात्रालाई केन्द्रमा राखेर तयार पारिएको लोकप्रिय कार्यक्रम ‘द एभरेष्ट टक शो’ को सातौँ शृङ्खला आज श्रावण १६ गते, शनिबार प्रसारण हुँदैछ।

एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवन को प्रस्तुतिमा तथा फोटो फ्याक्ट्री को निर्माण रहेको यस कार्यक्रमको सञ्चालन लोकप्रिय रेडियो प्रस्तोता महिमा पाण्डी भट्टराईले गर्नुभएको छ भने निर्देशन गणेश राना ले गर्नुभएको हो।

यस सातौँ शृङ्खलाकी विशेष अतिथि महिला उद्यमी तथा नारायणगढस्थित यामाहा शोरुमकी प्रोप्राइटर सुनिता लिगल कर्मचार्य रहनुभएको छ। कार्यक्रममा उहाँसँग नेपालको अटोमोबाइल व्यवसायको वर्तमान अवस्था, उद्यमशीलताको यात्रा, बाल्यकालका अनुभव, त्यतिबेलाको शैक्षिक वातावरण तथा अहिले आफ्ना सन्ततिको शिक्षण प्रणालीबीच देखिएका परिवर्तन र फरक पक्षबारे विशेष संवाद गरिएको छ। साथै बदलिँदो शिक्षा प्रणाली, अभिभावकको भूमिका र समयअनुसार शिक्षामा आएको रूपान्तरणबारे पनि रोचक तथा प्रेरणादायी कुराकानी प्रस्तुत गरिएको छ।

कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area