फोटो फिचर
सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न
०

काठमाडौ, साउन १३ –
गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा एकपटक मनाइने प्राचीन नेवा बौद्ध परम्पराअनुसार सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ।
सम्यक महादानको अवसरमा ८५ वटा दीपंकर बुद्धको प्रतिमा एकै स्थानमा स्थापना गरी पूजाआजा तथा पञ्चदान ९दान अर्पण० गरिएको थियो। धार्मिक अनुष्ठानपछि दीपंकर बुद्धका प्रतिमासहितको भव्य शोभायात्रा काठमाडौंका ऐतिहासिक बस्ती तथा सडकहरू परिक्रमा गरिएको थियो।
शताब्दीयौँदेखि चलिआएको यो नेवा बौद्ध परम्परा २४ वर्षमा एकपटक आयोजना गरिन्छ। सम्यक महादानलाई दान, करुणा र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा लिइन्छ, जहाँ श्रद्धालुहरूले बुद्ध प्रतिमालाई विभिन्न दान सामग्री अर्पण गर्दै पुण्य आर्जन गर्ने विश्वास रहिआएको छ।
तस्बिरः आभास रञ्जित /नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>












































