राजनीति
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
०

काठमाडौं, साउन १३ –
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






































