Breaking News

मुग्लिन–नारायणगढ सडकखण्डमा आज राति गाडी चलाउन रोक

Banner

चितवन, साउन १२-

मुग्लिन बजार नजिक नारायणगढतर्फ सडकमाथिबाट पहिरो झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार आज राति ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सो सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन बन्द रहनेछन् । रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक योजना बनाएर यात्रा गर्न र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरेको छ। थप जानकारी वा आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४) तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
यस्तै
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन बजार नजिकै फेरी पहिरो खसेको छ ।  आज  बिहान ७ः३० बजे सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक करिब ५ घण्टापछि संचालनमा आएको थियो  ।   करिब डेढ घण्टा नबित्दै पुनः उक्त ठाउँमा सुख्खा पहिरो जाँदा करिब १ घण्टापछि आवागमन पुनः संचालनमा आएको थियो । अहिले साँझ ६ बजेतिर पुनः तेस्रोपटक पहिरो झर्दा आवागमन अवरुद्ध बनेको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्बन्धित स्थानमा ईन्जिनियर सहितको टोलि खटिई सडक आवागमन छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिरो हटाउन लगभग १र२ घण्टा लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सुरक्षाको दृष्टिकोणले सकभर रातको समयमा यात्रा नगर्न समेत आह्वान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>