फोटो फिचर
लघुवित्त पीडितले थाले आमरण अनसन
०

काठमाडौँ, साउन १२ –
लघुवित्त पीडितले काठमाडौँको माइती घरमा आमरण अनसन सुरु गरेका छन् ।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन् ।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन् । साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



































