फोटो फिचर
वर्षा रोकिएपछिको काठमाडौँ (तस्बिर)

काठमाडौं, ६ साउन –
नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ ।
निरन्तरको वर्षाले काठमाडौंबासीको जनजीवन प्रभावित बनेको थियो । उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना अझै छ । आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
देशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आगामी तीन दिनसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ ।
ती क्षेत्रमा हुनसक्ने गेग्य्रान, बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
जगडोल, हलचोक, ह्वाइट गुम्बा क्षेत्रबाट आज काठमाडौं कस्तो देखिएको छ ?
तस्बिरः सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







































