राजनीति

लोकतन्त्रमाथिको दमन स्वीकार्य छैनः शेरबहादुर देउवा

Banner

काठमाडौं, साउन ६ –

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन् ।

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको बीपीले अघि सारेको मार्ग आज पनि नेपालको राजनीतिक यात्राको प्रमुख मार्गदर्शक रहेको बताए ।

उनले भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ ।’

बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्नु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्कार, जिम्मेवारी र विश्वासले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई दिशा दिएको बताए । उनले छ दशकभन्दा बढीको राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिबीच पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाएको दाबी गरे ।

उनले भने, ‘मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ । जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेक कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन । किनकि मेरो विश्वास सधैं एउटै रह्यो प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन ।’

उनले बीपीको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । साथै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको सर्वोच्चताको पक्षमा बिपीले देखाएको मार्ग अहिले पनि सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ ।

स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको बताउँदै देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरे । उनले बीपीको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>