देश/प्रदेश

कृषि रूपान्तरणमा एफएओसँग सहकार्य विस्तार गर्ने सहमति

Banner

काठमाडौं, साउन ५ –

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक हुआ याङबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली विकास तथा दक्षिण–दक्षिण र त्रिपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको थियो। मन्त्री चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षा सुदृढीकरण र अन्तर्राष्ट्रिय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।

एफएओकी निर्देशक याङले नेपाललाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउँदै रोममा हुने एफएओका आगामी कार्यक्रममा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभएको मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>