Breaking News

विवादित अभिव्यक्तिपछि पहिलोपटक संसद्‍मा आएका प्रधानमन्त्री बालेन २० मिनेटमा निस्किए

Banner

काठमाडौँ, असार ३० –

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएका छन्। गत जेठ १७ गतेको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि उनी आज पहिलो पटक संसद्‍मा उपस्थित भएका हुन्। त्यसदिन उनले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति भएपछि चर्को विरोध भएको थियो र विपक्षीहरुले कैयौं दिन संसद् अवरुद्ध गरेका थिए।

आजको संसद् बैठकमा प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए। सँगै संसद् प्रवेश गरेका उनीहरु २० मिनेट बसेर सँगै बाहिरिएका थिए। बालेन र रवि बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरुले सरकारको चर्को आलोचना गरिरहेका थिए।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>