राजनीति
उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै
०

काठमाडौँ, असार ३० –
उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ ।
उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा उहाँले मङ्गलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्छ । उहाँ यही असार ३२ गते स्वदेश फर्कनुहुन तालिका छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























