देश/प्रदेश

आत्मदाह गरेका नेपालीका सम्बन्धमा छानबिनको माग

Banner

काठमाडौँ, असार २६-

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेर गम्भीर घाइते भइ उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका गणेश नेपालीको सम्बन्धमा निष्पक्ष छानबिन गर्न मार्ग गर्नुभएको छ ।

सांसद पदमबहादुर परियारले भन्नुभयो, “घाइते भएका नेपालीको अस्पताल लैजाने क्रममा मानवीय रुपमा संवेदनशीलता नअपनाएको विषय गम्भीर रहेको छ, यस विषयमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद नरबहादुर विष्टले घाइते नेपालीको उद्धारमा ट्राफिक प्रहरी र काठमाडौँ महानगरको नगरप्रहरीले मानवीय व्यवहार नगरेको दाबी गर्नुभयो । सांसद सोमनाथ पोर्तेल र तुलप्रसाद विश्वकर्माले पनि उक्त घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>