फोटो फिचर
मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरु)
०

जनकपुर, असार २६-
मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन्। हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरु दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन्।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल न्याय मार्चु काठमाडौं पु्ग्ने बताइएको छ। मिटर ब्याजविरुद्ध सरकारलाई घचघच्याउन उनीहरु मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौं पैदल हिँडेका हुन्। उनीहरु बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका हुन्।
उनीहरु आज धनुषाको महेन्द्रनगरबाट महोत्तरीको बर्दिवासतर्फ अघि बढेका छन्। करिब एक सातामा उनीहरु काठमाडौं पुग्नेछन्। सरकारले चार पटक सहमति गरेर पनि कार्यान्वयन नभएपछि दबाबका लागि फेरि काठमाडौं जानुपरेको उनीहरुको भनाइ छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



































