फोटो फिचर

कागको अण्डा कोरल्नेदेखि बच्चा हुर्केर वयष्क हुँदासम्मको सम्पूर्ण चरण (तस्बिरसहित)

Banner

काठमाडौँ, असार २७-

नेपालको तराईदेखि हिमालसम्मै धेरैजसो क्षेत्रमा काग पाइन्छन्। काठमाडौं उपत्यकामा समेत कागहरु राम्रै संख्यामा पाइन्छन्। तीव्र शहरीकरणका कारण कागको बासस्थान भने साँघुरिँदै गएको छ। कागले गुँड बनाउने ठूल्ठूला रुखहरु नहुँदा कागलाई बच्चा हुर्काउन असहज बन्दै गएको छ। शहरीकरणका बीच पनि कागले गुँड बनाउने र बच्चा हुर्काउने गरेका देखिन्छन्।

प्रस्तुत तस्बिर काठमाडौंको नैकापमा खिचिएको हो। अण्डा कोरल्नेदेखि बच्चा हुर्केर वयष्क हुँदासम्मको सम्पूर्ण चरण यसमा समावेश गरिएको छ। यो चरण पूरा हुन करिब ५० दिन देखि ६० दिन लाग्छ।

अण्डा पारेपछि भाले र पोथी आलोपालो गरेर ओथारा बस्छन् र १८ देखि २५ दिनको बीचमा बच्चा कोरल्छन् । करिब ५ देखि ७ हप्तामा कागको बच्चा गुँडबाट बाहिरि संसारमा निस्किन्छ। कागको मुख्य प्रजनन् समय मे, जुन र जुलाई हो।

काठमाण्डौमा बढ्दो शहरीकरणका कारण कागहरुका लागि सुरक्षित बसोबास गर्ने काठ क्षेत्रमा धमाधम नयाँ घर बन्न थालेका छन् । काठ क्षेत्रमा पर्ने खेतको आसपासका रुखमा गुँड बनाएर बस्ने काग ठाउँको अभावमा बस्ती भित्र रहेका रुखमा गुँड बनाएर चल्ला कोरल्न थालेका छन् । यसले मानव बस्ती भित्रै कागको उपस्थिति बढाएको छ । यस संगै बर्ड फ्लु लगायतका स्वास्थ्य संकटको पनि जोखिम बढाएको छ ।

काठमाण्डौको नयाँ नैकाप क्षेत्रमा बिस्तारित हुदै गएको बस्ती भित्र गुँड बनाएर बसेका कागको कथाले उनीहरुको बासस्थान खुम्चिदै गएको देखाउँछ । गुँड बनाउने रुखको अभावमा कागले जोखिम मोलेर भएपनि खेतीयोग्य जमीनमा विकसित भइरहेका मानव बस्ती भित्रका रुखमा गुँड लगाएर चल्ला कोरल्ने भएका कारण पन्क्षीजन्य रोग अन्य जनावरमा पनि देखिन थालेको छ ।

तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>