देश/प्रदेश

लमजुङ कारागार बजेट अभावमा रोकियो

Banner

लमजुङ, असार २५-

बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भइ १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनःनिर्माणका लागि रु १७ करोड ७४ लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेस भएको लमजुङ कारागारका निमित्त जेलर पृसा गौतमले जानकारी दिनुभयो । कारागार विसं २०२८ मा निर्माण भएको थियो ।

हाल कारागारमा कैदीबन्दी छैनन् । लेखा अधिकृतको पद रिक्त छ । कारागारमा छ जना कर्मचारी कार्यरत छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो । कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय, जनशक्ति र खर्च लाग्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>