देश/प्रदेश
टेरामक्स भ्रष्टाचार प्रकरण : कांग्रेस नेता मोहन बस्नेतले पाए सफाइ, दिगम्बर झासहित तीनलाई कैद सजाय
०

काठमाडौँ, २२ असार :
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ ।
अदालतले पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसचिवलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीनजना उच्च अधिकारीलाई दोषी ठहर भएका छन् ।
विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सो फैसला गरेको हो ।
जसअनुसार बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाइ दिइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























