देश/प्रदेश
कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त
०

काठमाडौँ,असार २१-
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गर्नुभएको छ ।
उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गर्नुभएको कांग्रेसले जनाएको छ ।
डा आचार्य कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























