चितवन विशेष

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

Banner

चितवन,असार १८-

सुख्खा पहिरो खसेर अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पहिरो पन्छाएसंगै दुइतर्फी सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारा क्षेत्रमा आज बिहान करिब ११ः४० बजे सडकमाथिबाट सुख्खा पहिरो खस्दा अबरुद्ध सडकखण्ड अपरान्ह ३ः३० बजेदेखि संचालनमा आएको हो । पहिरो पन्छाएसंगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरेको थियो । प्रहरीले लेन अनुसासन पालना गरेर सवारीसधान चलाउन सबैमा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>